माई ईलाम ,असार १९ । माई नगरपालिका क्षेत्रभित्र विगत ५–७ बर्षदेखि बेवारिसे अवस्थामा भेटिने एक महिलाको शनिवार उद्धार गरिएको छ ।

अन्दाजी ४० बर्षकी ती महिलालाई माई नगरपालिका, लोदिया प्रहरी चौकी दानाबारी, मानव अधिकार मञ्च ईलाम र युवा सशक्तिकरण संजालको टिमले उद्धार गरी विराटनगरस्थित मानव सेवा आश्रम लगेको सामाजिक कार्यमा सक्रिय निरुता थापाले जानकारी दिइन् । भारतीय नागरिक जस्तो देखिने ती महिलालाई स्थानीयहरुले अप्सरा नामले चिन्ने गरेका थिए । एक्लै बर्बराउँदै हिड्ने अप्सरा सडकमै बस्ने र सडकमै खाने गर्ने गर्थिन् । उनी बारम्बार हिँसामा परेको हुन सक्ने स्थानीयले बताउँदै आएका थिए ।

उनको उद्धार गर्नुअघि माई अस्पतालमा एन्टिजेन परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि विराटनगर लगिएको थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्