ईलाम, असार २० । ईलाम माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राईको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङ्गटे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर राई गम्भीर घाईते भएका थिए । उनको उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्