कुमरखोद ,असार २३ । झापा गाउँपालिकाको सानो माईखोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा २ सडकबाडी बस्ने ५१ वर्षिय विष्णुबहादुर लिम्बु रहेका छन् । उनी गाउँमा कलकते नामले परिचित थिए ।सोमबारदेखि बेपता भएका उनी बुधबार सानो माईखोलामा बनेको हुलाकी राजमार्गको पक्की पुलको २०० मिटर दक्षिण मृत अवस्थामा फेला परेका थिए । दिउँसो १२ बजे उनका परिवारजनले कुमरखोद ईलाका प्रहरी कार्यालयमा मानिस हराएको निवेदन दर्ता गराएका थिए । निवेदन दर्ता भएपछि कुमरखोदका प्रहरी नायव निरीक्षक नारायण प्रधानले सहयोगका लागि टाँघनडुब्बाका विओपी प्रमुख सचिन प्रधानलाई आग्रह गरेका थिए । त्यसपछि संयुक्त प्रहरी टोलीले सानोमाई खोलामा खोज्ने क्रममा माई खोलाको बीच भागबाट दिउँसो २ बजे शव निकाल्न सफल भएका थिए । शव भेटिसकेपछि ईलाका प्रहरी कार्यालय कुमरखोदले जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएको प्रहरी नायव निरीक्षक प्रधानले बताए । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्