झापा, असार २३ । कोरोना विरुद्धको पहिलो खोप लगाएकाहरुलाई झापामा आजदेखि दोस्रो खोप लगाउन थालिएको छ ।

गत जेठ २६ र २७ गते कोरोना विरुद्धको भेरोसेलको पहिलो खोप लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका रअग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई दोस्रो खोप लगाउन थालिएको हो । पहिलो खोपबराबर नै यस पटक पनि १३ हजार २०० भाइल खोप आएको स्वास्थ्य कार्यालय झापाका बालकृष्ण भण्डारीले बताए । उनले पहिलो दिन आज जिल्लाका सबै सरकारी अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकीमा खोप लगाइएको जानकारी दिए । त्यस्तै भोलि १५ वटै पालिकाको पायक पर्ने स्थानहरुमा खोप लगाउने कार्यक्रम रहेको छ । पहिलो पटक आउँदा जिल्लामा खोप अभाव भएको थियो । यसपटक पनि त्यही मात्रामा खोप आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्