झापा , असार २४ । उदयपुरको ताप्ली गाउँपालिका ५ डुढेस्थित सडकखण्डमा कटारीबाट रुपाटारतर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरोले किचेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाडीमा सवार सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राति २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा नेपालीलाई किचेर गम्भीर घाईते बनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पु¥याउँदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।