कुमरखोद , असार २४ । अबिरल बर्षाका झापा गाउँपालिकाको वडा नं १ मिलन बस्तीस्थित सन्थाल गाउँमा ठूलो माई खोलाको बाढी प्रबेश गर्दा ८४ घर डुबानमा परेका छन् ।

त्यहाँ अढाई फिट जति पानी पसेको छ । डुबान क्षेत्रमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षकको टोली खटिएर स्थानीयलाई सचेत गराएको, पानी घट्दो क्रममा रहेको, पुनः बर्षा भएर जोखिम भएमा सुरक्षित स्थानमा स्थानान्तरणको लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस्तीका मानिस तथा चौपाया सुरक्षित रहेको इलाका ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख नारायण प्रधानले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्