मेचीनगर, असार २५ । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ ।

असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघसंस्था, राजनीतिक दल, खेलकुदको माध्यमबाट सिंगो मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीहरु, नगरका विभिन्न वडाका कोभिड १९ सँग सम्बन्धित फोकल पर्सन, स्वास्थ्यकर्मीलगायतलाई सम्मान र पुरस्कृत गरेको हो ।

नगरपालिकाले वर्षाेत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलाई २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ ।त्यस्तै कोभिड संक्रमण नियन्त्रण कार्यदल सचिवालय र आइसोलेसन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दैं कार्यदलका सचिवालय संयोजक नवीन वराल र आइसोलेसन व्यवस्थापनमा समिति संयोजक सन्तोष मेचेलाई सम्मानपत्र प्रदान गरिएको छ । मरणोपरान्त सम्मान वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेलाई प्रदान गरिएको छ । त्यस्तै मेचीनगर स्थायी बसोवास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल व्याडमिन्टन राष्ट्रिय खेलाडी अमिता गिरी, क्रिकेटतर्फ रुविना क्षेत्री, रोमा थापा,काज श्रेष्ठ र अप्सरी वेगम समेत नगरपालिकाबाट पुरस्कृत र सम्मानित भएका छन् । करातेतर्फका क्रमस थापा, अस्मिता मल्लिक, सन्ध्या ठटाल, विक्रम मल्लिक,निश्चल शिवाकोटी र अभिशेक दवाडी, फुटबलतर्फ पुजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाल सम्मानित तथा पुरस्कृत भएका छन् । नगरपालिकाले क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठ र भलिवलका प्रशिक्षक गणेशविक्रम नेम्वाङलाई समेत सम्मान गरेको छ ।
यसैगरी, कोभिड संक्रमण नियन्त्रण र रोकथाममा पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाले कोभिड फोकल पर्सन सविता सापकोटा, ल्याव टेक्निसियनहरु धनकुमार राई, कमला राजवंशी तथा कोभिड आइसोलेसनमा कार्यरत डाक्टर अमृत सापकोटा र डाक्टर रोशन आचार्यसहित स्वास्थ्यकर्मीहरु सवितादेवी प्रधान, सदिक्षा भट्टराई, प्रगति खतिवडा र रेगन निरौलालाई पुरस्कृत तथा सम्मानित गरेको छ । सोही अवसरमा एम्बुलेन्स चालक भिमबहादुर खड्का,जंगबहादुर खड्का र शववाहन चालक विक्रम माझी नगदसहित पुरस्कृत भए । नगरपालिकाको वडा स्वास्थ्य फोकल पर्सनहरु विक्रम अधिकारी, हरिशचन्द्र देवकोटा, दुर्गा गौतम, तालबहादुर खड्का, धनकुमारी राई, लेखनाथ खतिवडा, गोमा कोइराला, रामप्रसाद अधिकारी, सुष्मा कार्की, सुरजकुमार भट्ट,कल्पना भण्डारी, सिर्जना अधिकारी, हेमन्त शर्मा दाहाल, दिवाकर पौडेल र अमृत कार्की पनि नगदसहित पुरस्कृत भए ।

नगरपालिकाले मेचीनगरमा क्रियाशील राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मानपत्र प्रदान गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलावारी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीओपी काँकरभिट्टालाई समेत कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मानपत्र प्रदान गरिएको छ । रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकी, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, लायन्स क्लब अफ काँकरभिट्टाका अध्यक्ष सन्तोष आचार्य, मेचीनगर स्काउटका प्रमुख रीता थापा, हाम्रो अभियानका संयोजक नरेश महरा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, मेची अभियानका सुशील आचार्य, गोर्खा मेमोरियल फाउण्डेशन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरुङ,नेपाल रेडक्रस सोसाईटी उपशाखा मेचीनगर सभापति कुसुम कोइराला, मेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, होटल व्यवसायी सघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ फेवा, ट्राभल सघ झापाका अध्यक्ष निरबहादुर कार्की, सामुदायिक भवन बाहुनडाँगी अध्यक्ष पोषकुमार दर्जीले आ–आफ्नो संस्थाको सम्मानपत्र ग्रहण गरेका थिए ।

योसँगै असार १० बाट शुरु नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख विमल आचार्यले ८२ बुँदाको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए । त्यस्तै नगर उपप्रमुख मीना पोखरेलले आगामी आर्थिक बर्ष ०७८÷०७९ का लागि प्रस्तुत गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेट सभाले पारित गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्