झापा , असार २६ ।प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका– १ होक्सेबाट अवैध सखुवाको काठ बरामद गरेको छ ।

गएराति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे१त २७४७ नम्बरको ट्रयाक्टरबाट प्रहरीले गोलिया १८ थान २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थान १५.८६ क्यूफिट गरी जम्मा ४२.५६ क्यूफिट काठ बरामद गरेको हो । त्रिपालले छोपेर बुधबारेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको हो।इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोशाकमा गएका प्रहरीलाई देखेर चालकले ट्रयाक्टर भगाउन खोजेका थिए ।

प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिई चावी खोसेपछि स्पेयर चावीले ट्रयाक्टर भगाए पनि बाटो नभेटेपछि ट्रयाक्टर छोडेर चालक भागेको स्थानीयले बताएका छन् । आबश्यक कार्बाहीको लागि माई सव डिभिजन बन कार्यालय ईलामसंग समन्वय भईरहेको, चालक तत्काल फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्