बिर्तामोड , असार २६ । हाल देखिएको रगत अभावलाई समाधान गर्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संस्था प्रजातान्त्रिक युवक संगठन र ट्रेड युनियन महासंघ(टुकोन)ले शनिबार बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा ६ महिलासहित ५७ जनाले रगत दान गरेको राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेलले जानकारी दिइन् । झापाको क्षेत्र नं. ३ का निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष राजकुमार राईले रक्तदान गर्दै उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा राप्रपा झापाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सहसचिव अभिषेक ढुङ्गाना, २ नं. क्षेत्रीय अध्यक्ष दीपक मास्केलगायतले बोल्दै रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए । कोरोना महामारीका कारण रगत अभाव हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्