बिर्तामोड , असार २९ । हिजो साँझ प्रतिबन्धित ब्राउनसुगरसहित इलामका एक व्यक्ति बिर्तामोडबाट पक्राउ परेका छन् ।

साँझ ५.३० बजे अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका वडा नं ८ तिलकेनी बस्ने ३० वर्षिय दावा तामाङलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा १३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्