मोरङ,असार २९ । मोरङ जहदा–२ स्थित मुसहरी टोल बस्ने ४० बर्षीय दिलचन ऋषिदेवको डुबेर मृत्यु भएको छ ।

आज बिहान साढे ११ बजे आफ्नै घरनजिकै हिडिरहेको अवस्थामा एक्कासी लडेर जमेको पानीको खाल्डोमा पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको । घटना सम्बन्धमा प्रहरी टोली खटिगई कानुनी कार्बाही भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्