भद्रपुर , असार ३१ । झापाको भद्रपुर नगरपालिका– ६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । पानी सर्किएर बेहोस भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्याइएकोमा उपचारकै क्रममा क्रममा बिहान ८ः ४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्