झापा , असार ३१ । झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्