गौरादह, असार३१ । गौरादह नगरपालिका–१ गेउरीया घर भएका ४० बर्षिया एक महिलाको शव फेला परेको छ ।

उनका श्रीमान् ३९ वर्षिय सजिलाल ऋषिचनले घरायसी विवादका क्रममा आफ्नै श्रीमती संगिता टुडुको हत्या गरेको आशंका गरिएको छ । अहिले सजिलाल फरार छन् । घरायसी विवादको क्रममा श्रीमान सजिलालले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
मृतक महिला र श्रीमानबीच दिनहुँ झगडा भइरहने भएकाले श्रीमान्ले नै हत्या गरेको हुनसक्ने बताईएको छ ।मृतक महिलालाई उदीम कृषि सहकारीको खेतको टहरामा लगेर कुटपिट गरी हत्या गरेर शव सोही स्थानमा छाडेर फरार भएको प्रवक्ता थापाले जानकारी दिए । बिहिबार बिहान ८ः३० बजे महिलाको शव फेला परेको हो । फरार सजिलालको खोजी भईरहेको प्रवक्ता थापाले जनाएका छन् । मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्