दमक , साउन १ । आज साँझ दमकबाट प्रहरीले जुवाको खालबाट दुई लाखबढी नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

साँझ ६ बजे दमक नगरपालिका वडा नं.७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा दुई लाख आठ हजार पन्चानव्वे रुपैयाँ नगद, कौडा १६ थान र ओछ्याएको कार्पेटसहित जुवाडेहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा घरधनी दमक .७ बस्ने ४० वर्षिय कर्णबहादुर राई, गौरादह .३ बस्ने ४२ वर्षिय दिनेश अधिकारी, सोही नगरपालिका ८ बस्ने ३८ वर्षिय ईन्द्रकुमार राजवंशी,सुनसरी ईटहरी उप–महानगरपालिका .४ बस्ने ३५ वर्षिय विक्रम गुरुङ,गौरादह .२ बस्ने ३२ वर्षिय निर्मल थापा, दमक .२ बस्ने ४२ वर्षिय रामबहादुर धिमाल, वडा नं ७ वस्ने ४० वर्षिय राजन दाहाल,गौरादह ३ बस्ने ३४ वर्षिय अंकित कार्की,दमक ७ बस्ने ४४ वर्षिय गंगा पाठक, सुनसरी ईटहरी उप–महानगरपालिका .१९ बस्ने २६ वर्षिय मिलन राई र दमक नगरपालिका .६ बस्ने ३३ वर्षिय विजय सिंह रहेका छन् ।