बिर्तामोड , साउन ४ । बिर्तामोड क्षेत्रमा केही समययता भएका श्रृँखलाबद्ध हत्याको हत्यारा पत्ता लगाउन नसकेको भन्दै राप्रपा बिर्तामोडले सांकेतिक बिरोध गरेको छ ।

राप्रपा बिर्तामोड नगर समितिले सोमबार शान्ति ¥याली निकालेर विरोध जनाएको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥याली बिर्तामोडको मुक्ति चोकको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै राप्रपा जिल्ला अध्यक्ष केशब ओझाले प्रहरी प्रशासनले राम्रोसँग अनुसन्धान गरोस् भन्दै ध्यानाकर्षण गराउन यस्तो दवावमूलक कार्यक्रमको आयोजना गरिएको बताए ।

अर्का वक्ता राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले प्रहरी प्रशासनले अनुसन्धान गरेर अपराधीलाई कानूनको कठघरामा उभ्याउन असफल देखिएकाले आम जनमानसमा त्रासको स्थिति पैदा भएको बताइन्। उनले अपराधी पत्ता लगाई नगरमा शान्ति सुरक्षा बहाली गर्नेतर्फ प्रहरीले सक्रियता बढाउनुपर्ने जोड दिइन् । कार्यक्रममा दिनु राजवंशी,तिलक निरौला , सिर्जना बस्नेत लगायतको हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाउन माग गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्