झापा, साउन ५ । लगातार कोरोना संक्रमण दर बढ्दै जानेक्रममा झापामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ४ सय पुग्न लागेको छ ।

हिजो एकजना संक्रमितको मृत्यु भएसँगै मृतकको सँख्या ३९९ पुगेको हो । पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३०२ र एन्टीजेन परीक्षणबाट पुष्टि भएका ९७ जना संक्रमितको मृत्यु भएको हो ।त्यस्तै संक्रमितको सँख्या १९ हजार बढी पुगेको छ । हिजोसम्म झापामा कोरोना संक्रमितको सँख्या १९ हजार १६२ पुगेको हो । त्यसमध्ये १३ हजार ९१२ जना डिस्चार्ज भएका छन् । हिजो मात्र बिर्तामोडका सर्वाधिक ५३ जनासहित झापामा १५३ महिला र १६६ पुरुष गरी ३१९ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा २ हजार ४२४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्