झापा , साउन ५ । पछिल्लो चौबीस घण्टामा झापामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

बिर्तामोडको बिर्तासिटी हस्पिटलमै चारजनाको मृत्यु भएको हो । भद्रपुर ४ का ५२ वर्षिय पुरुष,मेचीनगर ११ का ७० वर्षिया महिला , मेचीनगर ९ का २१ वर्षिया महिला र अर्जुनधारा ७ का ८० वर्षिय पुरुषको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । त्यस्तै कनकाई १ का ७८ वर्षिय पुरुष र शिवसताक्षी १० का ७० वर्षिय पुरुषको दमकको आम्दा अस्पतालमा मृत्यु भएको छ भने मेचीनगर ८ का ७० वर्षिया महिलाको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै लगातार कोरोना संक्रमण दर बढ्दै जानेक्रममा झापामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ४ सय ६ पुगेको छ । पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३०५ र एन्टीजेन परीक्षणबाट पुष्टि भएका १०१ जना संक्रमितको मृत्यु भएको हो । यसैबीच पछिल्लो चौबीस घण्टामा बिर्तामोडका ५६ सहित झापाका १८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सँख्या १९ हजार बढी पुगेको छ । झापामा कोरोना संक्रमितको सँख्या १९ हजार ३४५ पुगेको हो । त्यसमध्ये १४ हजार ६८ जना डिस्चार्ज भएका छन् ।। जिल्लामा २ हजार ४ सय जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्