झापा , साउन ५ ।कोरोना संक्रमणबाट दुईजना माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।

भद्रपुर – ४ रंगियाडाँडा निवासी नेकपा माओवादी केन्द्र भद्रपुर नगरपालिका वडा नं. ४ का पार्टी अध्यक्ष ५२ वर्षिय दिपककुमार राईको कोरोनाबाट मृत्यु भएको हो । भद्रपुर नगरपालिका मेलमिलाप समितिका संयोजक रहेका राईको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार बिहान ११ः४० मृत्यु भएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र)का मोरङ जिल्ला सदस्य एवं कोचिला राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अनुप राजवंशीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्