फिदिम , साउन ६ । पाँचथरको कुम्मायक – २ माङजाबुङ निवासी समाजसेवी गजेन्द्र सेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका सेर्माले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।
सेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सेर्माले पठाएको सामग्री उनका दाजु घनेन्द्र सेर्मामार्फत पालिकाका विभिन्न केन्द्रमा वितरण गरिएको छ । मिक्लाजुङ गाउँपालिकाका १ र २ नं. वडाका लागि ३५ वटा थर्मलगन , ६ हजार ४ सय पिस सर्जिकल मास्क,फाल्गुनन्द गाउँपालिका वडा नं ६ का लागि ६ वटा थर्मलगन, ४ हजार ५ सय पिस मास्क,कुम्मायक गाउँपालिका वडा नं १ का लागि २४ वटा थर्मलगन, २ का लागि ३० वटा थर्मलगन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थर्मलगन , वडा नं ४ का लागि १२ वटा थर्मलगन र वडा नं ५ का लागि १६ वटा थर्मलगन गरी १ सय ४७ थर्मलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।

समाजसेवी सेर्माले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस् भनेर आफूले स्वास्थ्य सामग्री सहयोग गरेको बताएका छन् । विगतका पनि उनले ब्यक्तिगत रुपमा कुम्मायक – २ मा २ लाख १६ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेका थिए । सेर्माले समाजका लागि अझै केही गर्ने इच्छा भएको बताउँदै थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्