सुनसरी, साउन ६ । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित औषधीसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । गएराति ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी Spaspain – १५०० ट्याव्लेट र Tramol-50 –१५०० ट्याव्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्