बिर्तामोड,साउन ६ । अस्थायी प्रहरी चौकी बुट्टावारीको आफ्नै भवन बन्ने भएको छ ।

बिर्तामोड नगरपालिका ६ नम्बर वडा कार्यालयको मातहतमा रहेको ऐलानी जग्गामा प्रहरी भवन बन्ने भएको हो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्वाका अनुसार प्रहरीको आफ्नै भवन निर्माणको प्रकृया सुरु भईसकेको छ । उनले चाँडै निर्माण कार्य थालनी गरिने बताए । प्रहरीको आफ्नै भवन निर्माण गर्नको लागि बिर्तामोड नगरपालिकाको ६ नम्बर वडा कार्यालयले एक भेलाको आयोजना गरी प्रस्ताव पारित गर्दै समिति समेत निर्माण गरेको छ । वडा अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएको भेलाले भवन निर्माण समिति समेत गठन गरेको हो । कुमार राईको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा मणिकुमार भट्टराई, उपाध्यक्षमा पदमसुन्दर कन्दङ्वा,सचिवमा आशिष बन, सह–सचिवमा जीवन बाँस्कोटा, कोषाध्यक्षमा गीतामाया थापा तथा सदस्यहरुमा हिमाल कन्दङ्वा, यशोदा आचार्य अधिकारी, राम बिष्ट, सार्कीधन राई र प्रहरी चौकी इन्चार्ज जानुका चौहान रहेका छन् । त्यसैगरी निर्माण कार्यलाई तिब्र गतिमा अगाडी बढाउनको लागि आर्थिक समिति समेत निर्माण भएको छ । आशिष बनको संयोजकत्वमा बनेको आर्थिक समितिको सदस्यमा गणेश कन्दङ्वा, कमल बिमली, सन्तोष बिष्ट र गणेश पौडेल रहेका छन् ।

झापाको बुट्टावारीमा अस्थायी प्रहरी चौकीको भवन निर्माण हुने भएपछि प्रहरीलाई शान्ति सुरक्षाको काम गर्नमा सहज हुने प्रहरी चौकी इन्चार्ज चौहानले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्