झापा, साउन ६ । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले निधन भएका आफ्ना एकजना सदस्यको परिवारलाई मृत्यु राहत प्रदान गरेको छ ।

गत असार २८ गते ह्रदयघात भई निधन भएका बिर्तामोड ४ निवासी महेन्द्रभुषण शाहको परिवारलाई संस्थाले मृत्यु राहत प्रदान गरेको हो । सहकारीले शाहले तिर्न बाँकी रहेको ८५ हजार ७५० रुपैयाँ ऋण मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत ५ हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष भवानीप्रसाद दंगालको नेतृत्वमा घरमै पुगेर सहकारीको टोलीले समवेदना पत्र समेत बुझाएको छ । आफ्ना सदस्यको मृत्यु भएमा सहकारीले मृत्यु राहत प्रदान गर्दै आएको अध्यक्ष दंगालले बताए ।