झापा , साउन ६ । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७४ वर्षिय केशव धितालको निधन भएको छ ।

उनको आज राति ८.४० बजे काठमाडौंमा निधन भएको हो । मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्