दमक, साउन ७ । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गएको वर्ष करिव दोब्बर नागरिकता वितरण गरेको छ ।

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक बर्ष २०७६÷७७ को तुलनामा गएको वर्ष २०७७÷०७८ को अवधिमा २४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्यांकमा २०७७÷७८ को वर्ष ५५७३ वटा नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६÷७७ मा भने ३१११ वटा नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।
गएको वर्ष २०७७÷०७८ को अवधिमा वैवाहिक अंगीकृत ३०,प्रतिलिपि ४८७१,नाबालक परिचय पत्र ८३ वटा जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए ।
त्यस्तै,सोहि अवधिमा राहदानी नियमिततर्फ २२९१,द्रुत सेवा ६१८,ठाडो उजुरी ६६, संघसंस्था नविकरण १५८ र ४ वटा हातहतियार इजाजत नविकरण गरिएको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्