भद्रपुर,साउन ७ । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।
पछिल्लो चौबीस घण्टामा झापामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । मेची अस्पतालमा ३ ,बिर्तासिटीमा २ र आम्दा हस्पिटलमा एकजनाको मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४१७ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा झापाका ३०६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमकमा ४३ महिला र ४९ पुरुष गरी ९२ जना रहेका छन् । त्यस्तै बिर्तामोडमा २४ महिलासहित ४९ जना , गौरादहमा एक पुरुष , मेचीनगरमा ७ महिलासहित २४ जना , भद्रपुरमा ४ महिलासहित ८ जना , कनकाईमा ९ महिलासहित १९ जना , हल्दिबारीमा ३ महिलासहित ४ जना , अर्जुनधारामा ७ महिलासहित १५ जना ,कचनकवलमा ७ महिलासहित ११ जना , कमलमा २१ महिलासहित ४५ जना , शिवसताक्षीमा ९ महिलासहित १६ जना , बाह्रदशीमा ४ महिलासहित ८ जना , झापा गापामा एक महिलासहित ७ जना र ठेगाना नखुलेकी एकजना महिला रहेकी छन् ।योसँगै झापामा कोरोना संक्रमितको कूल सँख्या १९ हजार ९०६ पुगेको छ । त्यसमध्ये १४ हजार ३६९ जना डिस्चार्ज भएका छन् । झापामा २५७५ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।