सुरुङ्गा , साउन ८ । झापाको कनकाई नगरपालिकाले सबै वडा शिल गर्ने भएको छ ।

कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेको भन्दै साउन ९ गते राति १० बजेदेखि साउन १६ गते सम्मको लागि सबै वडाका बजार, चोक र टोल बन्दाबन्दी (शिल) गर्नुपर्ने भएको नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
भोलिबाट हुने लकडाउनमा नगर क्षेत्रभित्रका अत्याबश्यक वस्तुबाहेक सबै पसलहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यसैगरी बन्दाबन्दीभर नगरपालिका र वडा कार्यालयबाट दैनिक रुपमा प्रदान हँुदै आएको सेवाहरु पनि बन्द हुने र अत्याबश्यक काम भने सुचारु गरिने पालिकाले जनाएको छ । कोरोना संक्रमण बढेकै कारण अर्जुनधारा नगरपालिका वडा नम्बर–८ ले पनि लकडाउन जारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्