झापा , साउन ८ । दुई अलग अलग हत्यामा संलग्न झापाका दुईजना पक्राउ परेका छन् ।

यसक्रममा गेउरिया खोलाको डिलबाट धकेलेर हत्या गर्ने गौरादह ७ दुधाली बस्ने २५ वर्षिय सितकुमार ऋषिदेव पक्राउ परेका हुन् । शुक्रबार बिहान १० बजे गौरादह ४ र १ को बीचमा पर्ने गेउरिया खोलाको किनारमा गौरादह बजार तथा गाउँमा मागी खाने सुनसरी ईटहरी उपमहानगरपालिकाअन्तर्गत पर्ने खनार ठेगाना बताउने अन्दाजी .५० वर्षियका टुनटुन ऋषिदेबको लाश स्थानीय मानिसहरुले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई घटनाको सम्बन्धमा स्थलगतरुपमा बुझेर अनुसन्धान थालेको थियो । हत्या गर्ने ऋषिदेवको खोजतलास गर्ने क्रममा स्थानीय गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । ईप्रका. दमकमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा उनले टुनटुन ऋषिदेवलाई सामान्य विवाद भई धकेल्दा गेउरिया खोलाको पानीमा झरेर डुबी ननिस्किएको हुँदा मृत्यु भएको शंका लागेर भागेको बयान दिएका छन् ।

त्यस्तै राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ ।
शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई शुक्रबार चितवन प्रहरीले सार्वजनिक गरेको छ । उनी सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्छन् ।

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता र सुकदेवबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । सुकदेवलाई प्रहरीले काठमाडौँबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनी बिहीबार पक्राउ परेका डिसएपी इन्द्रबहादुर रानाले बताए । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सिर्जना भएको थियो । असार ११ गते बेपत्ता सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।
असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।
सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । सुकदेवविरुद्ध ज्यान सम्बन्धी कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्