गौरीगञ्ज , साउन ९ । नेपाली कांग्रेसको आगामी चौधौ महाधिवेशनमा गौरीगञ्ज गाउँसभापतिमा ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

जिल्ला उपसभापति देवीप्रसाद राजवंशी, वर्तमान गाउँसभापति राजेन्द्र कार्की र क्षेत्रीय प्रतिनिधि कमलेश्वर राजवंशीले गाउँसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वडा अधिवेशनलाई लक्षित गरी हिजो आयोजित गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को वडा भेलालाई सम्बोधन गर्दै उनीहरूले उम्मेद्वारी घोषणा गरेका हुन् ।

त्यसैगरी गाउँसभापतिमा महासमिति सदस्य घनश्याम रिजाल, १ नं. वडा सभापति दिनेश्वर राजवंशी र २ नं. वडा सभापति अघ्नु राजवंशीको पनि नाम चर्चामा छ । उनीहरूले औपचारिकरूपमा उम्मेद्वारी घोषणा गरेका छैनन् ।
आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेद्वारी सुरक्षित हुनसक्ने आँकलन गरेर महासमिति सदस्यदेखि वडा सभापतिमा रहेकाहरु गाउँसभापतिको पदका लागि आकांक्षी बनेका छन् । त्यसैगरी गाउँपालिका सचिवमा शिक्षक संघ गौरीगञ्जका अध्यक्ष गोपाल ताजपुरिया, नेविसंघ जिल्ला उपाध्यक्ष भवानी काफ्ले र गाउँ समिति सचिव अशोकप्रसाद यादवको नाम चर्चामा छ । करिब १२ सय क्रियाशील सदस्य रहेको गौरीगञ्ज गाउँपालिकालाई कांग्रेसको गढ मानिन्छ । नेपाली कांग्रेस गौरीगञ्जले साउन ५ गते वडा भेला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्