बिर्तामोड , साउन १० । पछिल्लो समय कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि संक्रमण रोक्न बिर्तामोडमा साउन १३ गतेदेखि लकडाउन गरिने भएको छ ।

आज दिउँसो नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले साउन १३ देखि १९ गतेसम्म एक साता लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने बैठकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई कसैले पनि नटेरेकाले नगरपालिकाले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले कोरोना संक्रमण चेनबे्रक गर्न र संक्रमणको आशंका भएकाहरुको परीक्षण गराउन एक हप्तासम्म लकडाउन गर्न आबश्यक देखिएको बताए ।

बिर्तामोडमा परीक्षण गर्नेहरुमा १८ प्रतिशतलाई संक्रमण देखिएको उनले जानकारी दिए । बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्