रामप्रसाद ढुंगेल,
युएई । एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तातिन थालेको छ ।

आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्वारी दावी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले दावी गरेका छन् भने महासचिव पदको लागि निश्चल दाहालले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २१–२३ कार्यकालको लागि निश्चल दाहालले महासचिव पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । २०११ देखि युएइलाई कर्मथलो बनाएका दाहाल २०१५ देखि एनआरएनए अभियानमा युएइ एनसीसीको युवा संयोजक भई जोडिएका हुन् । झापाली समाज युएइको सल्लाहकार पनि भइसकेका दाहाल हाल १९–२१ कार्यकालमा पनि महासचिव पदमा निर्वाचित भएका थिए । ‘संस्थामा गलत प्रवृत्ति र मैमत्ताको राजनीति हुन नहुने बरु सिद्धान्त र नीतिप्रधान हुन जरुरी छ’ भन्ने मान्यता राख्ने, अध्ययनशील, प्रखर वक्ता दाहाल स्मार्ट एनआरएनएको धारणालाई डटेर युएइमा अवलम्बन गराउन लाग्ने प्रमुख पात्र हुन्।

‘संस्था सुदृढीकरणको साथै आर्थिक रुपमा सम्पन्नको मात्र संस्थामा हालिमुहाली हुनहुन्न , हर तह र तप्काको ब्यक्तिहरुको प्रतिनिधित्वको’ नारा लिने उनी युएईमा रहेका नेपालीहरुलाई आवश्यक हर सहयोगमा लागिपर्ने गरेका छन्।
एनआरएनमा अधिनायकवाद र राजनीतिक दम्भको खुलेर बिरोध गर्ने , क्रान्तिकारी स्वभावका दाहालले आसन्न अधिवेशनमा आफूले संस्थालाई नीति नियम र बिधानको शुत्रमा बाँध्न पुनः महासचिवमा उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्