झापा , साउन ११ । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्धामा दमक ५ बस्ने ४७ बर्षिय बिनोदकुमार कार्कीलाई २०७७ मंसिर ३० गते तीन दिन कैद ,७ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रुपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएको थियो । हालसम्म फरार रहेका कार्कीलाई सर्वोच्च अदालत निर्देशनालयद्धारा गठित फैसला कार्यान्वयन गर्न झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्