झापा , साउन १२ । कोरोना संक्रमणको जोखिम बढेपछि एकपछि अर्को गर्दै झापाका आधाजति पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गर्न थालेका छन् ।

जिल्लाका दमक , बिर्तामोड , कनकाई , बुद्धशान्ति , शिवसताक्षीले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् ।जसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरिसकेको छ । डिसीसीएमसीको बैठकले कोरोनाको जोखिम हेरेर सिल गर्न पाउने अधिकार पालिकाहरुलाई प्रदान गरेको छ । ‘ हामीसँग समन्वय गरेर पालिकाहरुले त्यस्तो निर्णय गरेका छन् ’प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ आएका सिफारिसलाई हामीले अनुमोदन गर्ने गरेका छौं ।’ उल्लेखित पालिकाबाहेक अन्यले पनि सिल गर्ने तयारी गरेका छन् । गौरादह , मेचीनगरलगायतले सिल गर्ने तयारी गरेका हुन् । त्यस्तै अन्य पालिकाका केही वडाहरुले पनि सिल गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्