बिर्तामोड , साउन १३ । ट्रेड युनियन महासंघ नेपाल ( टुकोन) झापा शाखाले विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

मजदुरहरुलाई ५० थान सेनिटाइजर,५० थान फेससिल्ड ,एक हजार थान मास्क, एक सय पत्ता सिटामोल वितरण गरिएको हो । महासंघहरुको छाता संगठन जेटीयूसीसीले देशभरिका श्रमिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै ती स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । टुकोनको झापा जिल्ला कार्यालयमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता टुकोन जिल्ला अध्यक्ष श्रीप्रसाद चौधरीले गरेका थिए ।टुकोन प्रदेश एक अध्यक्ष हर्क थुग्ङिमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ,राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेल र युवक संगठनका महेन्द्र लिङ्देनको आतिथ्यता रहेको थियो । कार्यक्रममा एक नं. प्रदेश सचिव भद्रकुमार लिम्बुले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने टुकोन जिल्ला सचिव राजमान तामाङले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्