बिर्तामोड नगरपालिका आजदेखि सिल भएको छ ।
कोरोना संक्रमितको संख्या दैनिक ५० जना भन्दा बढी थपिन थालेपछि कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको बैठकले नगरपालिका क्षेत्र साउन २० गते राति १२ बजेसम्मको लागि सिल गरेको हो । बन्दाबन्दीमा होटल,रेष्टुरेन्ट,सिनेमा हल,स्वीमिङ्ग पुल,मनोरञ्जन स्थल,सैलुन जिमखाना,व्युटी पार्लरलगायत सम्पूर्ण पसल बन्द गर्ने,समूहमा खेलिने खेलकुद बन्द गर्ने,सभा सम्मेलन,जुलुस,गोष्ठी तालिम,धार्मिक कार्यक्रम जस्ता कार्यक्रम तत्काल नगर्ने नगराउने,अतिआवश्यक पर्ने दुध,दुग्दजन्य पदार्थ,साग सव्जी,माछा मासु,खाद्यान्न,औषधी र औषधीजन्य पदार्थ,कृषिजन्य पसलहरु,पेट्रोलियम पदार्थ वारुण यन्त्र,एम्बुलेन्स,शव वहान,फोहोर मैला व्यवस्थापन,पशु र पंक्षीलाई आवश्यक पर्ने आहार,इन्टरनेट,केवल र सञ्चारमाध्यम बाहेकका सवारीसाधनहरु पूर्णरुपमा निषेध गर्ने,नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सरकारी संस्थान तथा वित्तीय संस्थाका कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने र संघीय सरकारको निर्णय अनुसार त्रिभुवन विश्व विद्यालय र शिक्षण संस्थाहरुबाट संचालन हुने परिक्षा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी तोकिएको केन्द्रहरुमा सञ्चालन गर्न दिइने जनाईएको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिले नगरपालिका तथा सबै वडा कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुमा अतिआवश्यक बाहेक सबै बन्द गर्ने,कोभिड –१९को रोकथाम र उपचारको लागि निजी स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी प्रभावकारी बनाउने,कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारको लागि सम्पूर्ण राजनैतिक दल,निजी क्षेत्र,नागरिक समाज,स्थानीय प्रशासन,संचारमाध्यम , नगरवासीलगायत सम्पूर्ण क्षेत्रबाट सहयोग गर्न आव्हान गर्ने,कोभिड –१९को परीक्षणको दायरालाई फराकिलो पार्ने,नगरपालिका क्षेत्रभित्र स्वास्थ्य कर्मचारीलाई कोभिड रोकथाम,उपचार र नियन्त्रणमा अझ प्रभावकारीरुपमा परिचालन तथा व्यवस्थापन गर्ने रहेको छ ।
नगरपालिकाको तथ्याङ्क अनुसार हालसम्ममा ५३ जनाले ज्यान गुमाईसकेका छन् । नगरपालिकाले निर्णय गरेको बन्दाबन्दी नगरबासीकै लागि हो । त्यसलाई अवज्ञा गर्न खोज्दा हानी हामी आफैलाई हुन जान्छ । त्यसकारण कोरोना संक्रमणको चेनब्रेक गर्नका लागि पनि केही दिनको लागि बन्दाबन्दी आबश्यक भएकाले त्यसलाई हामीले मनन गर्नुपर्छ । सबैले मिलेर कोरोना नियन्त्रणमा सहयोग गरौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्