सरोज राउत,
झापा । के तपाई आफ्नो सवारी साधनको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईं सही लेख पढ्दै हुनुहुन्छ किनकि यस लेखमा तपाईं कसरी जीपीएस ट्रयाकर प्रयोग गरेर आफ्नो सवारी साधन सुरक्षित बनाउन सक्नुहुन्छ भनेर जान्न सक्नु हुनेछ ।

हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन्। हाम्रो देशमा एउटा मोटरसाइकलको औसत मूल्य साढे तीन लाख रुपैयाँ पर्दछ । जो कुनै व्यक्तिको लागि एकैपटकमा तिर्न सकिने सानो रकम हैन । यदि कसैले एकपटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने ती व्यक्तिले त्यो गाडी लामो समयको लागि प्रयोग गर्ने सोच राखेका हुन्छन् । तर, यदि कसैले तपाईंको गाडी खरिद गरेको भोलिपल्ट चोरी गरे भने ? सामान्यतया, सवारी चोरीको बारेमा कल्पना मात्र गर्दा पनि कुनै पनि सवारी मालिकको दिमागमा डर उत्पन्न गराउन सक्छ । तसर्थ ट्रयाककन जीपीएसको ट्रयाकरमार्फत आफ्नो मोटरसाइकल र कारलाई सुरक्षित गरेर तपाईले त्यस्ता सवारी चोरहरुबाट आफ्नो सवारीलाई बचाउन सक्नु हुन्छ ।
हाम्रो कम्पनी ट्रयाकन प्रा लि ले vehicle security लाई मध्यनजर गर्दै आज बजारमा एक नवीन ट्रयाकिंग प्रणाली प्रस्तुत गरेका छौँ । हाम्रो कम्पनीले ट्रयाकन जीपीएस नामक ट्रयाकिंग उपकरण प्रदान गर्दछ, साथै जीपीएसमार्फत प्राप्त भएको डेटालाई ट्रयाकन एपमार्फत सजिलैसँग मनिटर गर्न सकिने समेत जानकारी गराउँदछौँ । हाम्रो ट्रयाकिंग उपकरणले तपाईंको आवश्यकताको आधारमा विस्तृत कार्यक्षमता प्रदान गर्न सक्दछ । यसमा real–time ट्रयाकिंग, geofence, ओभर–स्पीड अलर्ट, एन्टी–थेफ्त(anti–theft) अलर्टसहित एपमार्फत इन्जिन बन्द र पुनः सुचारु गर्न सकिनुको साथै अन्य धेरै सुरक्षा विशेषताहरु समावेश छन्।
कसरी यो आईडियाको सिर्जना भयो त?
पहिलो लकडाउनपछिको कुरा हो हाम्रो वरिपरिको स्थानहरुमा विभिन्न सवारी चोरीका घटनाहरु सार्वजनिक हुन थाले । विभिन्न पत्रपत्रिका एवं अनलाईन न्यूजपोर्टलमा समेत दैनिक एकाध सवारी साधनहरु हराईरहेका, चोरी भईरहेका समाचार पढ्नु पथ्र्यो, कहिलेकाहिँ चोरी गर्ने गिरोह नै समातिएको खबर सार्वजनिक भएतापनि चोरी गरिएको गाडीहरु भने सकुशल भेट्न निकै नै मुश्किल पर्ने गथ्र्यो । अझ सवारी चोरी गर्ने गिरोहमा स्थानीय ग्यारेज मेकानिकहरुको समेत संलग्नता देखिन थालेपछि त झन् गाडीहरु सिंगल पिसमा भेटिने कुरै भएन । यस्ता समाचारहरुले हामी आक्रोशित भएसँगै कतै हाम्रो साधन पनि चोरी हुने त हैन ? भन्ने डरमिश्रित आभास समेत भईरहेको थियो । यसैक्रममा हामीले भिभिन्न ट्रयाकिंग डिभाईसको अनलाईन खोजी गर्न थाल्यौं।हामीले एउटा डिभाईस दराज भन्ने अनलाईन प्लाटफर्मबाट खरिद पनि गर्यौं र चलायौँ पनि ।तर चाइनिज सर्भर साथै चित्तबुझ्दो मोबाइल एप नभएका कारण जीपीएस accurate नहुने र डेटा समेत ढिलो प्राप्त हुने समस्याको सामना हामीले गर्नुपर्यो। केही नेपाली जीपीएस प्रदायक पनि थिए । तर, उनीहरुको शुल्क धेरै नै महँगो भएका कारण हामीले चाइनिज जीपीएस प्रदायक चयन गर्नुपरेको थियो । र यस्तै अनेकन कठिनाई एवं आफूले चाहेजस्तो ट्रयाकिंग समाधान नभेटेका कारण सिर्जना भयो ट्रयाकन जीपीएस को आईडिया ।
ट्रयाकन ट्रयाकिंग उपकरणको फाइदाहरुः
यस जीपीएस ट्रैकरको फाइदाहरु यस प्रकारका छन्ः
१. एन्टी–थेफ्त अलर्टः
यो फिचर ट्रयाकन जीपीएस ट्रयाकरको सबैभन्दा महत्वपूर्ण फिचरहरूमध्ये एक हो किनभने यसले तपाईंको गाडी चोरी वा कसैको जानीजानी क्षति पुर्याउने मनसाय छ भने त्यस्ता शंकास्पद गतिविधि हुनबाट बचाउँछ । अब तपाई सोच्नुहुन्छ कि सानो जीपीएस उपकरणले कुनै शंकास्पद गतिविधिबाट कसरी सचेत गराउन सक्छ । मानौं तपाईं सामान्यतया मोटरसाइकलमा अफिस जानुहुन्छ, तर तपाईं अफिस पार्किङ्ग क्षेत्रमा तपाईंको मोटरसाइकल राख्नु हुँदा एक शंकास्पद व्यक्तिले तपाईंको बाइकमा केही दिन नजर राख्दछ र तपाईंलाई त्यो कुरा थाहा छैन। अब, एक दिन त्यो शंकास्पद व्यक्तिले तपाईंको मोटरसाइकल चोर्ने निर्णय गर्दछ, र उसले यसलाई चोर्न खोज्छ । यदि तपाईंसँग आफ्नो बाइकमा ट्रयाकन उपकरण स्थापना गरिएको छ भने तपाईं आफ्नो मोबाइलमा एक एन्टी–थेफ्त अलार्मको फिचर पाउनुहुनेछ र यदि बाइक पहिले नै चोरी भएको छ भने उसलाई ट्रयाक गर्न सक्नुहुनेछ।
२. सुरक्षित–क्षेत्र(safe –zone) निर्माण ः
माथि दिइएको उपशीर्षक हेरेपछि तपाईले सोच्दै हुनुहुन्छ होला कि यति सानो जीपीएस उपकरणले कसरी प्रयोगकर्ताका लागि सुरक्षित क्षेत्रहरू बनाउन सक्छ । तर, वास्तवमा यो कुरा ट्रयाकन जीपीएस ट्रयाकिंग एपको प्रयोगबाट गर्न सकिन्छ । ट्रयाकन जीपीएस स्थापना गरेपछि, मोबाइल एपमार्फत तपाई कुनै विशेष जियो–फेंस, एक सेफ–जोन मार्क गर्न सक्नुहुनेछ ताकि जब–जब तपाईको मोटरसाइकल त्यस क्षेत्रमा प्रवेश गर्दछ वा त्यस क्षेत्रबाट बाहिर निस्किन्छ तपाईलाई टाईम स्ट्याम्पहरूको साथ आफ्नो स्मार्टफोनमा एक द्रुत सूचना प्राप्त हुनेछ। साथै, तपाईंको आवश्यकता अनुरूप असीमित सुरक्षित–क्षेत्रहरू बनाउन सक्नुहुन्छ।
३. Real–Time ट्रयाकिंगः
हामीले पहिलो बुँदामा छलफल गरिसकेका छौं कि जब कसैले तपाईको गाडी चोर्न कोशिस गर्दछ, यस ट्रयाकरको सहयोगमा तपाईले तत्काल सूचना पाउनुहुनेछ । हो, ठिक त्यति नै बेला ट्रयाकअन एपमा भएको अर्को महत्वपूर्ण फिचर Real–Time ट्रयाकिंगले मुख्य भूमिका निर्वाह गर्दछ। यस फिचरको मद्धतबाट त्यस चोरलाई थाहा नै नदिइकन वास्तविक स्थान पत्ता लगाई चोर पक्रन सकिन्छ।
४. ओभर–स्पीड अलर्टः
जब तपाईं आफ्नो बाइकलाई आफ्नो साथी वा अरू कसैलाई दिनुहुन्छ तब यो फिचर अत्यन्तै फलदायी सावित हुन सक्छ। ट्रयाकरन जीपीएस ट्रयाकिंग एपमार्फत तपाईंले आफ्नो इच्छा अनुसार गति सीमा सेट गर्न सक्नुहुनेछ। जब त्यस व्यक्तिले गति सीमा पार गर्दछ, तपाईंले आफ्नो मोबाइलमा तत्काल सूचना प्राप्त गर्नुहुनेछ।
५. सानो आकार एवं हल्का वजनः
यस ट्रयाकरन जीपीएसको आकार पेनड्राइभ जत्रै र वजन अत्यन्तै थोरै(२६ ग्राम मात्र) भएको कारण तपाईंले आफ्नो मोटरसाइकल वा कारको जुनसुकै स्थानमा लुकाउन सक्नुहुनेछ।
हाम्रो उद्देश्यः
हाम्रो उद्देश्य भनेको नेपालमा प्रभावशाली जीपीएस ट्रयाकिंग तथा नेभिगेसन, सवारी सुरक्षा प्रणाली एवं व्यक्तिगत सुरक्षाको क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने हो।