बिर्तामोड , साउन १७ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले कोरोनाविरुद्धको खोप अनियमिततामा आफ्नो संलग्नता नभएको बताएका छन् ।

बिर्तामोडको होटल टाइमलेस मोमेन्टमा स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का सय भायल खोपसहित पक्राउ परेपछि नगर प्रमुख शिवाकोटीको नाम पनि मुछिएको थियो । उनले हेवन वाटर पार्कमा लगेर आफ्ना मानिसलाई खोप लगाइदिएको समाचार प्रकाशित भएको थियो । सोही समाचारको खण्डन गर्दै उनले आफ्नो हेवन वाटर पार्कमा त्यसरी खोप अनियमितता नगरेको स्पष्ट पारेका छन् । उनले खोपको विषयमा छानबिन गर्न समिति बनिसकेकाले सत्यतथ्य आउने कुरामा बिश्वस्त बन्न नगरबासीहरुलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्