बुधबारे , साउन १७ । कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्ति गाउँपालिकाका तीनजनाको एकै ठाउँमा एकै समयमा नेपाली सेनाले आज अन्त्येष्टि गरेको छ ।

बुद्धशान्तिमा पहिलोपटक एकैदिन तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती तीनैजनालाई चिलिमगढी घाटमा सेनाले अन्त्येष्टि गरेको हो । बुद्धशान्ति वडा नं १ की पोखरेल थरकी ५८ वर्षिया महिला , वडा नं २ का ७४ वर्षिय राजवंशी समुदायका पुरुष र वडा नं ३ का ४५ वर्षिय चौधरी समुदायका पुरुषको मृत्यु भएको हो । पोखरेल र राजवंशीको हिजो बेलुका बिर्तासिटी हस्पिटल बिर्तामोड र चौधरीको मेची अस्पतालमा आज बिहान मृत्यु भएको स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । योसँगै बुद्धशान्तिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २१ पुगेको छ । कूल संक्रमितको सँख्या १४ सयको हाराहारीमा रहेको बुद्धशान्तिमा ३०१ जना सक्रिय संक्रमित रहेका छन् । बुद्धशान्तिमा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि चिन्ता थपिएको स्वास्थ्य प्रमुख अधिकारीले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्