कुमरखोद, साउन १८ । झापा गाउँपालिकामा पछिल्लो पटक १६ सय ९६ जनाले कोरोनाविरुद्धको भेरोसिल खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको १ हजार ७ सय भेरोसिल खोपमध्ये ५५ वर्षभन्दा माथिका पुरुष ७०४ र महिला ७३९ गरी १ हजार ४ सय ४४ जनाले खोप लगाएका हुन् । बाँकी २५२ वटा डोज अग्रपक्तिमा काम गर्ने व्यापारी , विभिन्न संस्थाका प्रतिनिधि , अटोचालक र बस चालकहरुले लगाएका छन् ।
साउन १६ गतेदेखि १८ गतेसम्म संचालन गरिएको खोप कार्यक्रमअन्तर्गत त्रिभुवन प्रा.वि.मा पुरुष ३०३ र महिला २६६ गरी ५६९ जना व्यक्तिले खोप लगाएका छन् । त्यसैगरी भानुभक्त प्रा.वि.मा २१४ पुरुष र २२२ महिला गरी ४३६ जना, जनता मा.वि.मा ३५२ पुरुष र ३३९ महिला गरी ६९१ जनाले भेरोसिल खोप लगाएको झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले बताएका छन् ।
स्वास्थ्य प्रमुख विश्वकर्माका अनुसार खोप लगाउने क्रममा ४ वटा भेरोसिल खोप बिग्रिएको थियो । खोप कार्यक्रमलाई सफल बनाउन जेष्ठ नागरिक र शारीरिक अशक्त भएकाहरुको लागि एस.एन.जेडी संस्थाले गाडी भाडा उपलब्ध गराएको स्वास्थ्य प्रमुख विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्