दमक, साउन १९ ।ईलाका प्रहरी कार्यालय दमकको हिरासतमा प्रयोग हुनेगरी चार थान टेबल पंखा र केही पुस्तक दुईजना व्यवसायीहरुले उपलब्ध गराएका छन् ।

साहित्यकार तथा मिन्ट सर्जिक दमकका संचालक मेची पुत्र र होटल पेरुङ्गोका संचालक बाटोघरे कान्छाले हिरासतमा गर्मीको समयमा समस्या रहेकोले टेबल पंखा र अध्ययनको लागि केही साहित्यिक पुस्तकहरु उपलब्ध गराएका हुन् ।

विभिन्न आरोप लागेका व्यक्तिहरुलाई अनुसन्धानका राखिने हिरासतमा पंखा नहुँदा गर्मीमा धेरै समस्या भएको देखेर आफूहरुले मानवीय सहयोगस्वरुप चार थान पंखा दिएको मेची पुत्रले बताए । त्यसैगरी हिरासतमा आएकाहरुलाई समय बिताउनको लागि र केही सकारात्मक सोचको विकास गर्न साहित्यिक पुस्तकहरु समेत उपलब्ध गराइएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय दमकमा पुगेर ती सामग्रीहरु कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस दमक नगर सचिवद्वय प्रकाश प्रसाईं , युवराज खनाल सागरलगायतका सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्