झापा , साउन २३ । गैरआवासीय नेपालीहरुको संगठन एनआरएन इंग्ल्याण्ड राज्य परिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ विजयी भएका छन् ।

३ हजार ६२३ मत ल्याई उनी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा. मीन रानाभाटले ३ हजार ४१ मत ल्याए । परिषदको उपाध्यक्षमा भक्त दर्जी , सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै स्कटल्यान्ड राज्य परिषदको अध्यक्षमा काशिराम भण्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याए । स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की , सचिवमा मनिष खत्री , सहसचिवमा यशोदा सुमी भण्डारी , कोषाध्यक्षमा शर्मिला भण्डारी र सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भएका छन् । त्यस्तै सदस्यमा बलभद्र अमै , कमला श्रेष्ठ , कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।

यसैबीच एनआरएन इंग्ल्याण्ड राज्य परिषदका नवनिर्वाचित अध्यक्ष गुरुङले आफूलाई विजयी गराउने सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । उनले
निर्वाचनमा मतको सम्मान गर्नु नै सबैभन्दा उत्तम हो भन्दै आगामी दिनमा अझ सहकार्य र हातेमालोका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्