पथरी, साउन २६ । शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयूक्तको कार्यालय (यूएनएचसीआर ) ले मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर आइसोलेसन सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ।

मंगलबार बिहान उक्त दातृ निकायका प्रतिनिधि विष्णु थापाले नगर प्रमुख दिलिपकुमार राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक ६ हजार २सय ३५ थान डिस्पोजेवल पीपीई , ५ हजार २ सय थान नन सर्जिकल मास्क, ५ हजार वटा सर्जिकल मास्क, १५ हजार वटा डिस्पोजेवल ग्लोब्स् , १० थान अक्सिजनलगायतका ५ किसिमका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । दुबई सरकारद्वारा उक्त दातृ निकायमार्फत नेपालका लागि एक हप्ताअघि ती सामग्री प्राप्त भएको यूएनएचसीआरका प्रतिनिधि थापाले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा लुथरन विश्व फेडेरेसनका प्रतिनिधि यज्ञ गौतम ,उपमेयर यमुना विष्ट बाँस्तोला, नगरका जनस्वास्थ्य प्रमुख मुरारी आचार्यसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्