बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप गर्न माग गरेको छ ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित रुपमा पत्र बुझाउँदै म्याद थप गर्न माग गरेका हुन् । संघका कोषाध्यक्ष दिपेन्द्र राउतका अनुसार संघले २०७८ साल असोज मसान्तसम्म कर बुझाउने म्याद थप गर्नका लागि आन्तरिक राजस्व कार्यालय चन्द्रगढीसँग माग गरेको हो ।
‘बैंक ब्याज, घरभाडा तथा राजश्व बुझाउन कठिन भएको अवस्थामा समेत उद्योगी व्यवसायीहरुले राज्यलाई कर तिर्ने कुरामा कुनै द्विविधा छैन’, पत्रमा भनिएको छ, ‘मासिक रुपमा बुझाउनु पर्ने मास्केबारी तथा अन्तशुल्क बापतको कर बुझाउन लकडाउनका कारण कठिनाइ भएकाले म्याद थप गर्ने व्यवस्था मिलाई आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्