झापा , साउन २८ ।नेपाल मास्क अभियानलाई सहयोग पुर्याउने उद्धेश्यका साथ झापाका तीनवटा पालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकालाई १८ हजार पिस सर्जिकल मास्क,१५० बोतल सेनिटाइजर ,६०० जोडी सर्जिकल ग्लोब्स् र १५० पिस पीपीई हस्तान्तरण गरिएको हो । अष्ट्रेलियन गभर्मेन्ट डिपार्टमेन्ट अफ फरेन अफेर्स एन्ड ट्रेड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालका लागि कोभिड १९ आपतकालीन उद्धार परियोजनाअन्तर्गत न्याय तथा विकासका लागि सामाजिक संजालद्वारा कोरोना भाइरस संक्रमणको रोकथामका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय, समुदायमा आधारित संस्था, सहकारी, महिला अधिकारकर्मीहरुलगायत र नेपाल सरकारले संचालन गरेको नेपाल मास्क अभियानलाई सहयोग पुर्याउने उद्धेश्यले ती सामग्री प्रदान गरिएको न्याय तथा विकासका लागि सामाजिक संजालका प्रमुख कुमार चुडालले बताए ।