झापा , साउन २८ । बैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ६ बस्ने ४८ वर्षिया उर्मिला पन्धाक रहेकी छन् ।बैदेशिक रोजगार न्यायाधिकरणको २०७२ जेठ १७ गतेको फैसला बमोजिम बैदेशिक रोजगार कसुर मुद्धामा पन्धाकलाई एक बर्ष छ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनी एक महिना न्यायिक हिरासतमा बसेकी थिइन् भने १ हजार ५६२ रुपैयाँ धरौटी बुझाएकी थिइन् । सर्वोच्च अदालत निर्देशनालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । उनलाई कारागार पठाउनका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्