झापा , साउन २९ । देशमा अहिले झापा जिल्ला मात्र पूर्णरुपमा लकडाउन छ । यातायात निर्वाध रुपमा चलेका छन् । विहान ९ बजेसम्म खाद्यान्न , तरकारी, फलफुल पसल खुल्ला गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

झापा जिल्लाको मुख्य बजार विर्तामोडबाट विभिन्न जिल्लामा सामान जाने गर्दछ । मुख्य व्यावसायिक केन्द्र बिर्तामोड भएर पनि यहाँ व्यवसायीका समस्या पनि धेरै छन् । खोप चाहियो , खोप लगाएर आफूहरुले व्यवसाय सुचारु गर्न पाउनुपर्यो भन्ने व्यवसायीको माग छ । स्थानीय सरकारले व्यवसायीहरुलाई खोपको व्यवस्था नगरेकोमा बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारीहरुको गुनासो छ । व्यवसायीहरुका समस्या धेरै छन् । सटर डाउन छ । यो अवस्थामा कर , घरभाडा , साहुको तागेताको समस्या अनि बैकको व्याज तिर्ने समस्याले व्यवसायीलाई गाँजेको छ । यी समस्याहरुको केही हदसम्म समाधान गर्ने पहल बिर्तामोड उद्योग बाणिज्य संघले थालेको छ । आन्तरिक राजश्व कार्यालयलाई अन्तशुल्क तिर्ने समय थप गर्न माग गरिसकेको छ भने बिर्तामोडस्थित बैकर क्लवसंग संघका पदाधिकारीहरुले छलफल गरेका छन् । यो लकडाउनको समयमा व्यवसायीहरुलाई व्याज र सावाको तागेता नगर्न अनुरोध गरिएको संघका कोषाध्यक्ष दिपेन्द्र राउतले बताए । संघका अध्यक्ष प्रकाश शिवाकोटीले व्यवसायीहरु यो बेला सबैतिरबाट चपेटामा परेको अवस्था रहेकाले चाँडै पुरानै अवस्थामा फर्कने प्रतिक्रिया दिएका छन् । बैकर क्लवका समितिले पनि बैक तथा वित्तीय संस्थाले यो अवस्थामा व्यवसायीलाई तागेता नगरिएको तथा त्यस्तो कुनै कार्य भएमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त गरेको छ । बिर्तामोड बैकर क्लव अध्यक्ष सुवास श्रेष्ठ, सानिमा बंैकका अम्विका खतिवडा,एनआइसी बैंकका दशरथ पराजुली,मुक्तिनाथ विकास बंैकका हरि ओझा , गुडवील फाइनान्सका सुमन पौडेलसहित संघबाट अध्यक्ष शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , कोषाध्यक्ष दिपेन्द्र राउत , सदस्य जीवन खड्काको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्