सुरुङ्गा, साउन ३१ । झापाको कनकाई नगरपालिकालाई केन्द्रविन्दु बनाएर प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ वर्षमा प्रवेश गरेको छ ।

२०७२ सालबाट नियमित प्रकाशन हुँदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ‘ख’ वर्गमा वर्गिकृत पत्रिका हो । नियमित प्रकाशन हुँदै आएको कनकाई अनलाईनसमेत कनकाई क्षेत्रकै पहिलो न्युज पोर्टल हो । कनकाई साप्ताहिक सातौ वर्षमा प्रवेश गरेको सुखद अवसरमा पत्रिकाका सम्पादक–प्रकाशक लीलाराज झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता , लेखक, कर्मचारी तथा शुभेच्छुकमा धन्यवाद दिँदै आगामी दिनमा थप परिमार्जित विषयवस्तु लिएर आउने प्रतिवद्धता जनाएका छन् ।