भद्रपुर ,साउन ३१ । रोटरी क्लब अफ भद्रपुरले कचनकवलस्थित वनियानी स्वास्थ्य चौकी र हल्दीवारी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा मास्क, सेनिटाजर,पीपीइ, ग्लोव्स्, अक्सिजन कन्सन्ट्रेटर र स्प्रे ट्याङ्की रहेका छन् । राजधानीको वुढानिलकण्ठस्थित वोदिसत्व विहारले प्रदान गरेको उक्त सामग्रीहरु रोट्रयाक क्लव,इनर व्हील क्लव भद्रपुर समेतको सहकार्यमा वितरण गरिएको हो । हेमराज ढकालको संयोजनमा उपलब्ध सामग्रीहरु रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा , पूर्व अध्यक्ष टिकाराज ढकाललगायतका पदाधिकारीहरुले हल्दीवारी र कचनकवलमै पुगेर हस्तान्तरण गरेका थिए । कचनकवल गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख केशव मैनाली र हल्दीवारीका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले ती सामग्रीहरु ग्रहण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्