एजेन्सी । लर्ड्स क्रिकेट ग्राउन्डमा खेलाइएको दोस्रो टेस्ट म्याचमा भारतीय क्रिकेट टीमले इंग्लैंडलाई १५१ रनले हराएको छ ।

इंग्लैंडलाई जीतका लागि २७२ रनको जरूरत थियो ।
नटिंघममा खेलाइएको पहिलो टेस्ट म्याच ड्र भएको थियो । यो जीतसँगै पाँच टेस्ट म्याचको सिरीजमा भारत १–० ले अगाडि पुगेको छ ।
१२अगस्टदेखि शुरू भएको दोस्रो टेस्ट म्याचमा इंग्लैंडका कप्तान जो रूटले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । भारतीय टीमले पहिलो पारीमा ३६४ रन बनाएको थियो । जबकि इंग्लैंडले ३९१ रन बनाउन सक्यो । उसलाई मात्र २७ रनको अग्रता मिलेको थियो । दोस्रो पारीमा भारतीय टीमले ८ विकेटको क्षतिमा २९८रनको पारी घोषित गरेको थियो । त्यसपछि इंग्लैंडसामु जीतका लागि २७२ रनको लक्ष्य थियो ।भारतीय टीमले दोस्रो पारीका क्रममा ८ विकेटको क्षतिमा २९८ रन बनाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्