मोरङ, भदौ १ । मोरङ मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ वर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।
हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule–२८८२ र Spas pain Tablet– २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्